×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समर्थन फिर्ताको ‘आन्तरिक निर्णय’ पछि रविलाई प्रचण्डको प्रस्ताव: ‘गृहमन्त्रीसहित ३ मन्त्रालय दिन्छौँ, सरकारमा आउनुहोस्’

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक निर्णय भएको र सो निर्णयलाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकले औपचारिकता दिने जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रीसहित रोजेका पूर्ववतः मन्त्रालयहरु लिएर पुनः सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्न् ।

प्रचण्डको प्रस्तावपछि लामिछानेले पार्टीभित्र छलफल गर्ने बताएका छन् । रास्वपा महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री प्रचण्ड रास्वपालाई रोजेकै मन्त्रालय दिन तयार भएको र पार्टी सभापतिले भने संगठन निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले प्रतिपक्षमै बस्ने योजना बनाएको बताएको जानकारी दिए ।

रास्वपाले हिजो आइतबार नै आन्तरिक छलफल गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निष्कर्ष निकालिसकेको छ । सो निष्कर्षलाई आज बस्ने केन्द्रीय समितिको बैठकले औपचारिकता दिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: